बडादसैँको टीका लगाउने क्रम आज पनि जारी

Thankot Times

थानकोट ।

आश्विन शुक्ल पक्षको द्वादशीका दिन आजपनि बडादसैँको टीका लगाउने क्रम जारी छ। नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीदेखि पूर्णिमाका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ। 

आश्विन शुक्ल पूर्णिमाका दिनसम्म जारी रहने यस प्रकृया सो दिन जमरा विसर्जन गरेसँगै समापन गरिनेछ । निरन्तरको वर्षा तथा यातायातका साधन कम चलेका कारण यस वर्ष दशैं मनाउने तथा टीका थाप्नेहरू समस्यामा परेका छन्। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *