थप २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५४६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २५ तथा एन्टिजेन विधिबाट २ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस अवधिमा थप २६ जना सङ्क्रमणमुक्त बनेका छन् । यो सँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ५६९ पुगेको छ । नेपालमा हालसम्म कोरोना महामारीमा १२ हजार १८ जनाले ज्यान गुमाइसकेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *