थप ५१ जनामा कोरोना संक्रमण पुष्टि
थानकोट ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७८६ जनामा गरिएको नमुना परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सो अवधिमा २१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थपिएका ५१ जनासँगै नेपालमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ६२२ जना पुगेको छ ।














