७७ वटै जिल्लामा फैलियो डेंगी, मृतकको संख्या ४५ पुग्यो
थानकोट ।
पछिल्लो २४ घण्टामा नेपालमा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनखयता हालसम्म डेंगी संक्रमणबाट देशभर ४५ जनाको मृत्यु भइसकेको छ । हालसम्म देशभर ३७१३१ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
पहिलोपटक २०६१ मा नेपालमा डेंगी पुष्टि भएको थियो ।
त्यसयता हरेक वर्षमा नेपालमा डेंगीको प्रकोप देखिने गरेको छ । यो वर्ष भने प्रकोप बढेको छ । यो वर्ष सबै जिल्लामा डेंगी पुष्टि भएको मन्त्रलयले जनाएको छ ।
देशका सबै जिल्लामा डेंगी फैलिएको छ ।














