पत्नी सुत्केरी गराउन गएका स्वयम तामाङ प्रसूति गृहको भवनबाट हामफाले
थानकोट ।
थापाथलीस्थित प्रसूति गृहको भवनबाट पुरुष हाम फालेका छन् ।
कपन बस्दै आएका ३९ वर्षका स्वयम तामाङ अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेका हुन् ।
सुत्केरी गराउन पत्नीलाई लिएर उनी सो अस्पताल गएका थिए । छोरी जन्मेपछि उनी राति अस्पतालको भवनबाट हाम फालेका हुन् । तामाङलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ । अस्पतालबाट हामफाल्दा उनको खुट्टामा चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।














