थप ३२ जनामा कोरोना संक्रमण पुष्टि
थानकोट ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार १ सय ६२ जनामा गरिएको परीक्षणमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस अवधिमा ७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
हाल नेपालमा ६८८ जना कोरोनाका संक्रिय संक्रमित रहेकाछन् ।














