थप ४६ जनामा कोरोना संक्रमण पुष्टि
थानकोट ।
नेपालमा पछिल्लो २४ घण्टामा ४६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय १० जनामा गरिएको परीक्षणमा ४६ जनामा संक्रमण पुष्टि भएको हो ।
८ सय ३५ जनामा गरिएको पीसीआर परीक्षणमा ४२ जना र ६७५ जनामा गरिएको एन्टीजेन परीक्षणमा चार जनामा संक्रमण देखिएको छ । सो समयवधिमा १७ जना कोरोनामुक्त भएका छन् ।
यो सँगै मुलुकभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७ सय ३६ पुगेको छ ।














