खसीको मासु पकाउँदा श्रीमान श्रीमतीको झगडा, छुट्याउन गएका छिमेकीको मृत्यु

Thankot Times

सामान्य घर झगडा सबैको हुन्छ । यस्ता झगडा शान्त पार्न वा झगडा मिलाउन छिमेकीले भूमिका खेल्छन् । यो समाजमा बसेपछि हरेकको दायित्व पनि हो । तर भारतमा भने श्रीमान श्रीमतीबीचको झगडा छुट्याउन गएका छिमेकीको नै मृत्यु भएको छ ।

यो झगडा पनि केवल खसीको मासु पकाएको विषयमा भएको थियो । यो खबर समग्र भारतभर अहिले चर्चामा छ ।

भारतको मध्य प्रदेशको भोपालस्थित बिलखिरियामा पप्पू नामक एक व्यक्ति आफ्नी श्रीमती कुन्तीका साथमा खसीको मासु पकाएको विषयमा झगडा गरिरहेका थिए । पप्पुले गएको मंगलबार खसीको मासु लिएर घर आए । तर श्रीमतीले मंगलबार भएकाले मासु नपकाउने बताइन् । त्यसपछि पप्पु रिसाउँदै मासु पकाउन थाले । तर कुन्ती मंगलबार मासु पकाएको भन्दै श्रीमानसँग रिसाइन् । यहि विषयमा दुवैबीच झगडा भयो ।

मासु पकाएको विषयमा झगडा बढ्दै गयो । कुन्ती श्रीमानलाई मंगलबार मासु पकाउन नहुने भन्दा पनि नमानेपछि जाइलागिन् । पप्पुले पनि रिसले आगो हुँदै कुन्तीलाई कुटपिट गर्न थाले । श्रीमानले कुटेपछि कुन्ती चिच्याउन थालिन् । तब छिमेकी बल्लू नामक व्यक्ति दुवैको झगडा शान्त पार्न उनीहरुको घर पुगे ।

बब्लू झगडा छुट्याउन पुगेपछि पप्पु रिसले आगो भए । दुवैबीच केहिबेर भनाभन पर्याे । पप्पु शान्त नहुने देखेपछि बब्लू आफ्नो घर फर्के । तर श्रीमान श्रीमतीको झगडामा बीचमा आएको भन्दै बब्लूप्रति पप्पुको रिस भने अझै मरेको थिएन । त्यसैले फलामे डण्डा बोकेर पप्पु बब्लूको घर गए र उनलाई आक्रमण गरे । टाउकोमा चोट लागेका कारण उनी गम्भिर घाइते बने र केहि बेर उनको मृत्यु भयो । पछि श्रीमतीको उजुरीमा पप्पु प्रहरी हिरासतमा छन् । उनीमाथि अनुसन्धान जारी रहेको बताइएको छ । 

सांकेतिक तस्बिर


One thought on “खसीको मासु पकाउँदा श्रीमान श्रीमतीको झगडा, छुट्याउन गएका छिमेकीको मृत्यु

  1. अङ्ग्रेजी लागि ट्रान्सलेट गरेको रहेछ😜🫣

Leave a Reply to James Bond Cancel reply

Your email address will not be published. Required fields are marked *