थप ५ जनामा कोरोना संक्रमण पुष्टि, २६ जना मुक्त

Thankot Times

थानकोट ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार २५२ जनामा गरिएको नमुना परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा २६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल ४५३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ