थप ३ जनामा कोरोना संक्रमण पुष्टि

Thankot Times

थानकोट । 

नेपालमा पछिल्लो २४ घण्टामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।​

देशभर गरिएको ३ सय २२ पिसिआर परीक्षणका क्रममा ३ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस अवधिमा कोभिडका कारण कसैको पनि मृत्यु भएको छैन भने थप १५ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ४ सय ३२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *