रेखा थापाले चर्चा पाइन्, भाेट पाइनन्

Thankot Times

थानकोट ।

मंसिर ४ गतेकाे प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनमा राजनीतिकर्मी मात्रै होइन्, कलाकारहरूको समेत उल्लेख्य सहभागिता रह्यो । चर्चित अभिनेत्री रेखा थापादेखि गायिका कोमल वली, निर्माता रोज राणासम्म चुनावी मैदानमा होमिए । प्यूठानबाट प्रदेश सभामा उम्मेद्वार बनेका रोज राणा निर्वाचित भइसकेका छन् भने दाङबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बनेकी कोमल वली पराजित भइसकेकी छन् ।

अभिनेत्री रेखा थापाको हार निश्चित देखिएको छ । प्रतिनिधि सभामा मोरङ क्षेत्र नं. ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेद्वार रहेकी रेखाले १० हजार मत कटाएकी छन् ।

पछिल्लो मतपरिणामअनुसार १० हजार ७ सय १० मत ल्याएर उनी तेस्रो स्थानमा छिन् । घरदैलो र मतदाता भेटघाटका क्रममा रेखाको ‘क्रेज’ निकै राम्रो देखिएको थियो । यद्यपि, त्यो अनुसार उनको पक्षमा राम्रो मत भने आउन सकेन । यसर्थ, चलचित्र क्षेत्रमा सधै चर्चा र सफलता पाएकी रेखाको सांसद बन्ने पहिलो प्रयासमा भने ‘ब्रेक’ लागेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *