काठमाण्डाै क्षेत्र नं. १० का सांसद्हरूले आज प्रमाण पत्र पाउने

Thankot Times

थानकोट ।

काठमाण्डाै क्षेत्र नं. १० तथा यस क्षेत्रका प्रदेश १ र २ मा मंसिर ४ गतेको निर्वाचनबाट निर्वाचित सांसद्हरूले निर्वाचित भएको प्रमाणपत्र आज पाउँदैछन् ।

निर्वाचन अधिकृत फणेश्वरी घिमिरेले थानकोट टाइम्सलाई दिनुभएको जानकारी अनुसार अपरान्ह ४ बजे कीर्तिपुरस्थित त्रिभुवन स्मृति भवनमा निर्वाचन तीनै जना सांसद्लाई निर्वाचित भएको प्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय भएको छ ।

काठमाण्डाै क्षेत्र नंं १० बाट प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका राजेन्द्रकुमार केसी विजयी भएका थिए । केसीले १४४५८ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका हिमेश केसीले ११७८६ मत ल्याए ।

त्यस्तै काठमाण्डाै क्षेत्र नंं १० को प्रदेश १ मा नेपाली काँग्रेसका पुकार महर्जन विजयी भएका थिए । महर्जनले १००८२ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी राप्रपाका उमेशराज सापकोटाले ७४०० मत ल्याए । काठमाण्डाै क्षेत्र नं. १० को प्रदेश २ मा नेकपा एकीकृत समाजवादीबाट रमा आलेमगर विजयी भएकी थिइन्। आलेमगरले ५८१० मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका रामशरण आलेमगरले ५१८४ मत ल्याएका थिए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *