मेडिकल काउन्सिलको विशेष परीक्षामा ७४ प्रतिशत परीक्षार्थी उत्तीर्ण

Thankot Times

थानकोट ।

नेपाल मेडिकल काउन्सिलले लिएको विशेष परीक्षामा ७४.१६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

काउन्सिलले शुक्रबार ४४ विधामा परीक्षा लिएको थियो ।

परीक्षामा सहभागी ४७६ जनामध्ये ३५३ जना उत्तीर्ण भएको काउन्सिलले जनाएको छ । १२२ जना अनुत्तीर्ण र एक जनाको नतिजा रोक्का भएको छ ।

परीक्षाको नतिजामा चित्त नबुझेमा ३५ दिनभित्र पुनर्योगका लागि आवेदन दिन सक्ने काउन्सिलले जनाएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *