राप्रपामा समानुपातिकतर्फ पशुपतिशमशेर जबरा सांसद् चयन
थानकोट ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रतिनिधिसभाको समानुपातिकतर्फ पुरुषमा नेता पशुपतिशमशेर जबराको नाम टुंगो लगाइएको छ ।
शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट पहिलो पुरुषमा जबराको नाम टुंगो लगाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ दोस्रो पुरुषको नामका विषयमा निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्रलाई लिङ्देनले दिइएको उनले बताए ।
राप्रपाले प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणालीबाट सात सिट जितेको छ ।
त्यसमध्ये पाँच महिला सांसद हुनेछन् ।
राप्रपाले सामानुपातिक सांसद बनाउने भएको जबरा लगातार तेस्रो पटक चुनाव हारेपछि समानुपातिक सांसद बन्ने भएका हुन् ।
राणा २०३८ सालदेखि निर्वाचनमा उम्मेदवार हुन थालेका हुन् । त्यसयता २०६४ सालसम्म उनले निरन्तर चुनाव जित्दै आएका थिए । २०६४ को पहिलो संविधानसभा चुनावमा सिन्धुपाल्चोक–३ बाट माओवादी केन्द्रका दावा तामाङले चुनाव जितेका थिए । राणा भने तेस्रो स्थानमा सीमित भएका थिए ।
राप्रपाबाट पशुपतिशमशेर जबरा, रोशन कार्की, गीता बस्नेत, बुद्धिमान तामाङ, बिना लामा, बिना जयसवाल र अनिता नेपाली समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य चयन भएका छन् ।









