निर्वाचन आचारसंहिता आजदेखि निष्क्रिय

Thankot Times

थानकोट । 

निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता निष्क्रिय भएको जनाएको छ ।

आयोगले गएको असोज १२ गतेदेखि लागु गरिएको आचारसंहित आजदेखि निष्क्रिय भएको जानकारी दिएको हो । 

समानुपातिकसहित निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएपछि आयोगले आचारसंसहिता निष्क्रिय हुने भएको जनाएको छ ।

गएको मंसिर ४ गते देशैभर एकैपटक प्रतिनिधि र प्रदेशसभाको निर्वाचन भएको थियो । विवादका कारण केही क्षेत्रमा भने केही दिनपछि पुनः मतदान गरिएको थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *