नयाँ डाक्टरलाई त्रिवि शिक्षण अस्पतालमा जागिरको अवसर
थानकोट ।
त्रिवि शिक्षण अस्पतालमा भर्खरै डाक्टर बनेकालाई जागिरको अवसर खुलेको छ । अस्पतालले करार सेवामा नियुक्तिका लागि १० जना हाउस अफिसर माग गरेको छ ।
यस पदका लागि एमबीबीएस उतीर्ण गरी नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स पाएका डाक्टरले दिनसक्ने अस्पतालले जानकारी दिएको छ ।
आवेदन दिने समय पुस २८ गतेसम्म तोकिएको छ ।















