चन्द्रागिरि नृत्य कलाकर्मी संघको अध्यक्षमा रवि रानामगर

Thankot Times

थानकोट । 

चन्द्रागिरि नृत्य कलाकर्मी संघको अध्यक्षमा रवि रानामगर चयन भएका छन् । संघको आइतबार सम्पन्न प्रथम अधिवेशन तथा दोस्रो साधरण सभाले रानामगरको नेतृत्वमा नयाँ समिति चयन गरेको हो। 

१३ सदस्यीय पदाधिकारी चयन गरेको संघको उपाध्यक्षमा लेख बहादुर थापा मगर, सचिवमा सुमन पोखरेल, सह-सचिवमा निको बस्नेत, कोषाध्यक्ष राजिव आचार्य तथा सदस्यहरू क्रमश श्रृती माली, राजेश कुमार शाही, दिपेन्द्र थापा मगर, अमिर बज्राचार्य, किशोर थापा मगर, रबि शाही, राजेन्द्र कुमार राजभण्डारी, र रोजी लक्रान्द्री रहेका छन् ।

चन्द्रागिरि नृत्य कलाकर्मी संघ प्रथम अधिवेशन तथा दोस्रो साधरण सभामा चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन, चलचित्र निर्माता निर्देशक तथा संघका सल्लाहकार किशोर ढकाल लगायतको उपस्थिति रहेको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *