ब्यालेन्स सकिएर बन्द भयो काठमाडौं महानगरपालिकाको टोल-फ्री नम्बर

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाको कल सेन्टरको एउटा नम्बर बन्द भएको छ।

जेठ २३ गतेदेखि सञ्चालनमा ल्याइएको निःशुल्क टोल-फ्री नम्बर १६६००१०५५११ हाल बन्द भएको सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालले जानकारी दिए।

उनका अनुसार हाल यस नम्बरको ब्यालेन्स सकिएको कारण बन्द भएको हो।

‘अहिले ५५११ नम्बरको ब्यालेन्स सकिएको कारण सुविधा उपलब्ध छैन भनेर भनिएको छ,’ उनले भने, ‘हिजो पैसा सकिएको थियो।  पैसा हालेपछि पुनः सुचारू हुनेछ।’

महानगरका दुई वटा टोलफ्री नम्बर छन्। एउटा पुरानै ११८० नम्बर हो भने अर्को १६६००१०५५११ हो। नयाँ टोल फ्री नम्बरमा पैसा सकिएको कारण अहिले पुरानोमा सम्पर्क गर्न सकिने उनी बताउँछन्।

ढकालका अनुसार मेयर बालेन शाह आएपछि धेरै मानिसले कल सेन्टरबारे थाहा पाएको कारण पनि सबैलाई नयाँ नम्बर थाहा भएको हो।

अहिले कल सेन्टरको नयाँ नम्बरमा फोन गर्दा ‘माफ गर्नुहोला अहिले यो सुविधा उपलब्ध छैन’ भनेको सुनिन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *