आफैलाई आगो लगाएका आचार्यको अवस्था बुझ्न कीर्तिपुर पुगिन् राज्यमन्त्री डा. कार्की

Thankot Times

थानकोट ।

स्वास्थ्य तथा जनसंख्या राज्नयमन्त्री डा. तोसिमा कार्कीले कीर्तिपुर अस्पतालमा पुगेर आत्दाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।

आचार्यको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य राज्यमन्त्री डा. कार्की कीर्तिपुर अस्पताल पुगेकी हुन् ।

अस्पतालमा आचार्यको उपचारमा संलग्न चिकित्सकहरुले उनको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेकोले र अवस्था चिन्ताजनक रहेको राज्यमन्त्रीलाई जानकारी गराएका थिए ।

आचार्य अहिले होसमा छन् भने राज्यमन्त्री कार्कीले उनको उपचारमा कुनै कसुर नराख्न निर्देशन दिएकी छन् ।

“जसरी सकिन्छ, बचाउन प्रयास गर्नुस् । आवश्यक सहयोग जे सकिन्छ, हामी गर्छाैँ,” राज्यमन्त्री कार्कीले भनेकी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *