सहकारीको किस्ता तिर्न नसक्दा आत्महत्या !

Thankot Times

थानकोट ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका-२ का ४५ वर्षीय रामदेव मरिक (डोम) रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन्। सहकारी संस्थाबाट लिएको १ लाख रुपैयाँ ऋणको किस्ता तिर्न नसक्दा रामदेवले आत्महत्या गरेकाे परिवारको दाबी छ।

सोमबार राति खाना खाएर सुतेका उनी घरभन्दा करिब ३ सय मिटर दक्षिण–पश्चिममा रहेको आँपको रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्। परिवारका अनुसार दुईवटा सहकारी संस्थाबाट गरी एक लाख रुपैयाँ ऋण लिएका उनी किस्ता तिर्न नसक्दा तनावमा थिए।

‘छोराको विवाह गर्दाको वेला गत वैशाख १ गते दुईवटा सहकारी संस्थाबाट ऋण लिएका थियौँ,’ मृतक रामदेवकी श्रीमती उर्मिलादेवीले भनिन्, ‘हरेक महिनाको ९ गते किस्ता तिर्दै आइरहेका थियौँ।’ नयाँपत्रिकामा खबर छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *