नुनपानीले कुल्ला गर्दा मुख र पेटको रोगबाट छुटकारा पाइने, सुत्नुअघि गर्दा फाइदाजनक

Thankot Times

थानकोट ।

घाँटी दुख्दा, खोकी लाग्दा नुन पानीले कुल्ला गर्न सल्लाह दिइन्छ । मुख सफा गर्नका लागि पनि प्रायः यस्तो सल्लाह दिइएको हुन्छ । जापानमा गरिएको एउटा नयाँ अनुसन्धानले नुनपानीले कुल्ला गर्दा श्वासप्रश्वासको संक्रमणबाट पनि बच्न प्रभावकारी रहेको पत्ता लागेको छ ।

यसका साथै यसो गर्दा रुघाखोकी, कफ र फ्लूमा पनि राहत मिल्छ । मनतातो पानीमा एक चिम्टी नुन मिसाएर कुल्ला गर्नाले मुख सफा राख्नुका साथै सासको गन्ध पनि राम्रो हुन्छ । यस्तो अवस्थामा यसको फाइदा र सही तरिका जान्नु आवश्यक हुन्छ ।

मुखसँगै पेट र फोक्सो पनि सुरक्षित रहनेछ

सामान्यतया नुन पानीले कुल्ला गर्नु मुखको लागि मात्र आवश्यक भएको मान्यता राखिन्छ । तर यो त्यस्तो होइन । यो मुखका साथै पेट र फोक्सोका लागि पनि फाइदाजनक हुन्छ ।

भारतका दन्तचिकित्सक डा. नीलेश भन्छन्, ‘मुखमा धेरै किसिमका ब्याक्टेरिया हुर्कन्छन् । यदि यसलाई मुखमा नै नष्ट गरियो भने पेट र फोक्सो सुरक्षित रहन्छन् । नुन पानी यी ब्याक्टेरिया नष्ट गर्न प्रभावकारी छन् ।’

मौसमी रोगबाट जोगाउँछ

जाडो मौसममा धेरै प्रकारका फ्लू र संक्रमणहरू हुन्छन् । नुन पानीले कुल्ला गर्नाले पनि यसबाट बच्न सकिन्छ । घाँटीको संक्रमण र दुखाइलाई कम गर्न नुन पानीले कुल्ला गर्न सकिन्छ ।  यसले छातीमा जमेको पुरानो कफ हटाउँछ र कडापनबाट पनि राहत दिन्छ ।

मुखको पीएच स्तर कायम राख्छ

सामान्यतया मुखको पीएच स्तर ६.३ प्रतिशत हुन्छ । यो कम हुनु भनेको मुखमा एसिडको स्तर बढ्नु हो । यस्तो स्थितिमा दाँत र गिजामा हानी हुन सुरु हुन्छ । नुन पानीले मुखमा पिएच स्तरलाई बढाएर यसलाई कायम राख्न मद्दत गर्छ जुन मुखको स्वास्थ्यका लागि निकै जरुरी छ ।

राति सुत्नुअघि कुल्ला गर्नु बढी फाइदाजनक

मनतातो पानीमा नुन मिसाएर जुनसुकै बेला कुल्ला गर्न सकिन्छ । तर यसका लागि राति सुत्नुअघिको समय सबैभन्दा उपयुक्त हुन्छ । सामान्य नुनको सट्टा सिरे नुन प्रयोग गरियो भने बढी फाइदा हुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *