प्रभु बैंककाे सीईओमा तेस्राे कार्यकालका लागि शेरचन पुनः नियुक्त

Thankot Times

थानकोट ।

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक शेरचन पुनः नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले शेरचनलाई पुनः चार वर्षका लागि सीईओमा नियुक्त गरेको बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाले जानकारी दिए ।

शेरचन १८ माघ २०७५ मा प्रभु बैंकको सीईओ नियुक्त भएका थिए । दुई साताअघि प्रभुले सेञ्चुरी कमर्शियल बैंकलाई आफूमा समाहित गरेपछि शेरचन तेस्रो कार्यकालका लागि सीईओ बनेका हुन् ।

नवनियुक्त सीईओ शेरचनले ग्राहक, शेयरधनी र अर्थतन्त्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

मर्जर भएपछि कर्मचारीहरूबीचको समन्वय, कर्जाको गुणस्तर, रिकभरीलाई प्राथमिकता, डिजिटल बैंकिङलाई जोड र राष्ट्र बैंककाे नीति नियमअनुसार समन्वयसाथ काम गर्ने उनकाे भनाइ छ ।

ग्राहकलाई उत्कृष्ट सेवा, अर्थतन्त्रमा योगदान पुर्‍याउने र शेयरधनीलाई उचित प्रतिफल दिने गरी काम गर्ने उनले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *