थप तीनजनामा कोरोना संक्रमण पुष्टि

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो २४ घण्टामा देशभर कोभिड-१९ का तीन संक्रमित थपिएका छन् ।

दुई हजार ३५१ वटा स्वाब नमुनाको परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो अवधिमा देशभर तीनजना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *