त्रिवि क्रिकेट मैदानमा नेपाली क्रिकेट टिमको अभ्यास (फाेटाे फिचर)

Thankot Times

थानकोट ।

आईसीसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत आयोजक नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिदेशीय सिरिजको लागि नेपाली टिम यतिबेला त्रिवि क्रिकेट मैदानमा अभ्यासमा व्यस्त छ ।

त्रिवि क्रिकेट मैदानमा फागुन २ देखि  ९ गतेसम्म हुने सिरिजका लागि क्यानले ३० खेलाडीहरूबाट बाट दोस्रो चरणमा २० खेलाडी छनोट गर्दै अभ्यास गराइरहेको छ ।

मुख्य प्रशिक्षक मोन्टी देसाईले नेपाली क्रिकेट टिमलाई अभ्यास गराउँदै आएका छन् ।

लिग टु अन्तर्गत यो त्रिदेशीय सिरिज नेपालका लागि निकै महत्वपूर्ण रहेको छ ।

सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग फागुन २ गते प्रतिस्पर्धा गर्नेछ । ३ गते नामिबियाले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । ५ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने नेपालले ६ गते नामिबियासँग खेल्नेछ । ८ गते नामिबिया खेल्ने स्कटल्यान्डले ९ गते नेपालसँग खेल्नेछ  ।

सबै तस्बिरः क्यान


Leave a Reply

Your email address will not be published. Required fields are marked *