चाैथो थानकोट गोल्डकपः कुर्दनका अविरल उच्च गोलकर्ता, वीआर ब्रदर्शका संयोग उत्कृष्ठ खेलाडी

Thankot Times

थानकोट ।

शनिबार सम्पन्न चाैथो थानकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधी कुर्दन फुटबल एकेडेमीको ए टिमले जितेको छ । वीआर ब्रदर्शको ए टिममाथि ३-१ को सहज जित हात पार्दै कुर्दनले पहिलोपटक उपाधि जितेको हो ।

प्रतियोगिताको व्यक्तिगत विधातर्फ कुर्दन एकेडेमीका खेलाडीको वर्चश्व रह्यो ।

फाइनलमा २ गोल गरेका कुर्दनका अविरल रिजालले प्रतियोगितामा सर्वाधिक ९ गोल गर्दै उच्च गोलकर्ताको उपाधि प्राप्त गरे । त्यस्तै, कुर्दनका शाहिल रानाले उत्कृष्ठ डिफेन्डरको उपाधि जित्दा कुर्दनकै अंकित खड्गीले उत्कृष्ठ गोल रक्षकको उपाधि प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ठ खेलाडी वीआर ब्रदर्शका संयोग लिम्बू चुनिए । विधागत रूपमा उत्कृष्ठ ठहरिएका सबै विजेताले समान ५-५ हजार रूपैयाँ पुरस्कार पाए । विष्णुदेवी यूथले अनुशासित टिमको पुरस्कार पायो ।

यसैगरी प्रतियोगिताको अनुशासित खेलाडी घोषित हुँदै वीआर ब्रदर्शका अनिल गुरूङले नगरप्रवक्ता कृष्णप्रसाद खड्गीबाट २० हजार रूपैयाँ पुरस्कार प्राप्त गरे ।

विजेता तथा उपविजेता टोलीका खेलाडीहरूलाई नगर उपप्रमुख बसन्ती श्रेष्ठ, नगरप्रवक्ता कृष्णप्रसाद खड्गी लगायतले पुरस्कार वितरण गरेका थिए ।

   

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *