प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता: नेपालको विजयी सुरूवात, लाओस २-० ले पराजित

Thankot Times

थानकोट ।

आजबाट काठमाडाैंमा सुरू भएको प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगितामा घरेलु टोली नेपालले विजयी सुरूवात गरेको छ । 

अनन्त तामाङ र नवयुग श्रेष्ठको समान १-१ गोलमा नेपालले लाओसविररूद्ध २-० को जित दर्ता गरेको हो ।

नेपालका लागि पहिलो गोल ३० औं मिनेटमा अनन्त तामाङले गरे भने दोस्रो गोल फरवार्ड नवयुग श्रेष्ठले ५६ औं मिनेटमा गरे। योसँगै नवयुगले आफ्नो करिअरको ८ औं अन्तर्राष्ट्रिय गोल गर्न सफल भए।   

नेपाल र लाओसले ७ वर्षपछि खेलेका हुन्। आजको खेलमा ३ जना नेपाली खेलाडीले डेब्यु गरे। 

थ्री नेसन्स कपमा घरेलु टोली नेपालसहित भुटान र लाओसको सहभागिता रहेको छ ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् । विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ ।

उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २ सय ५० डलर पाउनेछन् । एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भीभीआईपीतर्फ १ हजार टिकट दर राखिएको छ .


Leave a Reply

Your email address will not be published. Required fields are marked *