प्रजातन्त्र सेनानी रिजालको निधन

Thankot Times

थानकोट ।
प्रजातन्त्र सेनानी शिवगोपाल रिजालको निधन भएको छ ।

देशमा प्रजातन्त्र प्राप्तिका लागि भएका विभिन्न समयमा भएका आन्दोलनका क्रममा पटक पटक गरी करिब १४ वर्ष जेल सजाय भोगेका रिजालको ९३ वर्षको उमेरमा सोमबार बिहान निधन भएको बताइएको छ ।

चन्द्रागिरि नगरपालिका-८ मातातीर्थका रिजाल नेपाली काँग्रेसका काठमाडाैं जिल्लाका पूर्व उपसभापति समेत भएका थिए ।

रिजालको आज नै पशुपति आर्यघाटमा गरिएको नेपाली काँग्रेस काठमाडाैं क्षेत्र नं. १० का नेता धर्मनन्द श्रेष्ठले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *