प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल: नेपाल र भुटानबीचकाे खेल आज

Thankot Times

थानकोट ।

प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज भुटानसँग खेल्दैछ ।

नेपाल र भुटानबीचको खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा लाओसलाई २-० ले पराजित गरेको थियो । भुटान भने लाओससँग २-१ ले पराजित भएको थियो ।

त्यसैले नेपालले फाइनलमा स्थान बनाउन भुटानसँग बराबरी खेले नै पर्याप्त हुनेछ । भुटानविरुद्ध जित वा बराबरीले नेपाल शीर्ष स्थानमा रहेर फाइनल पुग्नेछ । भुटानसँग २-० को हारले पनि नेपाल फाइनल पुग्नेछ ।

भुटानका लागि भने फाइनलमा स्थान बनाउन जितको विकल्प छैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *