प्रधानमन्त्री थ्री नेसन्स कप: भुटानविरूद्ध नेपालको संघर्षपूर्ण बराबरी

Thankot Times

थानकोट । 

काठमाडाैंमा जारी प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले भुटानसँग संघर्षपूर्ण बराबरी खेलेको छ । 

खेलमा १-० को अग्रता बनाएको भुटानले ९०औं मिनेटमा सो अग्रता गुमाउँदै सुनाैलो इतिहास लेख्नबाट समेत चुकेको छ । नेपालका दिपक सिंह ठकुरीले नियमित खेल समयको अन्तिम मिनेटमा गोल गर्दै घरेलु टोली नेपाललाई पहिलोपटक भुटानसँगको हारबाट जोगाउन सफल रहे । भुटानसँगको यो नेपालको हालसम्मको पहिलो बराबरी खेल हो ।

यसअघि नेपालले भुटानसँग खेलेका सबै १३ खेल जितेको थियो । 

यसअघि खेलको १९ औं मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले गोल गर्दै नेपालविरूद्ध अग्रता दिलाएका थिए । खेल बराबरीसँगै भुटान प्रतियोगिताबाट बाहिरिएको छ। 

नेपालले अब उपाधीका लागि लाओससँग प्रतियोगिताको चैत्र १७ गते फाइनल खेल खेल्नेछ ।

प्रतियोगिताको पहिलो खेलमा अनन्त तामाङ र नवयुग श्रेष्ठको समान १-१ गोलमा नेपालले लाओसविरूद्ध २-० को जित दर्ता गरेको थियो भने लाओसले भुटानलाई २-१ गोलले पराजित गरेको हो । 

प्रतियोगिताको उपाधि विजेताले ५ हजार अमेरिकी डलर र उपविजेताले ३ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउनेछन् । 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *