ताप्लेजुङ केन्द्रबिन्दु बनाई भूकम्प गयाे

Thankot Times

थानकोट ।

ताप्लेजुङ केन्द्रविन्दु बनाएर मंगलबार राति भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर राति ११ बजेर ४१ मिनेट जाँदा ४.६ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पपूर्वका विभिन्न जिल्लामा महशुस गरिएको थियो।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्र केन्द्रविन्दु भएर भूकम्प गइरहेको छ। यसअघि मुगुको भिई केन्द्रविन्दु भएर यही चैत १० गते ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *