भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय चालकको मृत्यु

Thankot Times

थानकोट ।

भक्तपुरको सूर्यविनायक नगरपालिका-९ पलासे चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आज बिहान करिब ९ बजे प्रदेश ३–०२–०१० प ६८९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ९ महतगाउँ बस्ने २४ वर्षीय निश्चल महतको मृत्यु भएको हो ।

जगातीबाट साँगा तर्फ जाँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर गम्भिर घाइते भएका महतको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् डीएसपी बसन्त पाठकले जानकारी दिए ।

उनलाई सुरुमा सूर्यविनायक नगर अस्पताल लगेकोमा थप उपचारका लागि मध्यपुर अस्पताल रिफर गरिएको थियो ।

सोही अस्पतालमा उपचारको क्रममा बिहान ९ बजेर ४० मिनेटमा उनको मृत्यु भएको डीएसपी पाठकले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *