माइक्रोले स्कुटर चालकलाई घिसारेर ४० मिटर पर पुर्याउँदा स्कुटर चालकको गयो ज्यान

Thankot Times

थानकोट ।

मिनी माइक्रो बसले स्कुटरलाई ठक्कर दिँदा पोखरामा एक जनाको मृत्यु भएको छ।

शुक्रबार मिनी माइक्रोले ठक्कर दिँदा स्कुटर चालक पोखरा महानगरपालिका-८ का ४५ वर्षीय सूर्य थकालीको मृत्यु भएको हो।

पोखराको न्यूरोडस्थित भाटभटेनी नजिकै ग ५ प ९४ नम्बरको स्कुटरलाई ग १ ज ४५४० नम्बरको माइक्रो बसले ठक्कर दिएको थियो। ठक्करबाट घाइते स्कुटर चालक थकालीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका थकालीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार माइक्रोले स्कुटर चालकलाई सडकमै घिसारेर ४० मिटर तल पुर्याएको थियो।

प्रहरीले सवारी चालक र माइक्रोलाई नियन्त्रणमा लिएको छ। दुर्घटनापछि स्थानीयले बसमा तोडफोडको प्रयास गर्न खोजेका थिए।

तस्बिरः उकेरा


Leave a Reply

Your email address will not be published. Required fields are marked *