नागढुङ्गाबाट अवैध लागूऔषधसहित समातिए २९ वर्षीय कृष्ण

Thankot Times

थानकोट । 

नागढुङ्गा नाकाबाट अवैध लागूऔषधसहित एक युवा पक्राउ परेका छन् । 

शुक्रबार नागढुङ्गा नाकाबाट खैरो हेरोइन २ ग्राम २८ मिलिग्रामसहित बर्दिया राजापुर नगरपालिका-१ झपही बस्ने २९ वर्षीय कृष्ण चौधरी पक्राउ परेका हुन् ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले बर्दियाबाट काठमाडौंतर्फ आउँदै गरेको भे.१ ख ३६७५ नम्बरको बसलाई जाँच गर्ने क्रममा सो बसमा सवार चाैधरीलाई खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ