बल्खुमा ट्रकले ठक्कर दिँदा स्कुटरचालक सतुंगलका पाण्डेको ज्यान गयो

Thankot Times

थानकोट ।

काठमाडाैं चक्रपथ अन्तर्गत  बल्खुमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

आइतबार सानेपाबाट कलङ्कीतिर आउँदै गरेको बागमती प्रदेश-०३-००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर चालक भूपति पाण्डेको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले बताए ।

नेपाल सरकारका अधिकृत भूपति बागमती प्रदेशमा दर्ता रहेको ९८३५ नम्बरको स्कुटरमा कलङ्कीतर्फ आउँदै थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

ट्रक चालक ४३ वर्षीय अर्जुन ढुङ्गानालाई प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको छ । अर्घाखाँचीका स्कुटर चालक पाण्डे चन्द्रागिरि नगरपालिका सतुंगलमा बसोबास गर्दै आएका थिए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *