कुलेखानी जलाशयमा डुबेर ३३ वर्यीष युवा बेपत्ता

Thankot Times

थानकोट ।

मकवानपुरको मार्खुमा रहेको कुलेखानी जलाशयमा डुबेर एक युवक बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा काठमाडौं छैमलेका ३३ वर्षीय राजकुमार सुवेदी रहेका छन् ।

सुवेदी डुंगामा ज्याकेट, जुत्ता र मोबाइल छोडेर तालमा हाम फालि बेपत्ता भएको सूचना प्राप्त भएपछि उद्धारका लागि प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मंगलबार बेलुका अबेरसम्म सुवेदी फेला नपरेपछि थप उद्धारका लागि नेपाली सेनासँग समन्वय गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *