७७ जिल्लामा गृहको परिपत्र- निजी गाडीले भाडा लिएर यात्रु बोके कारबाही गर्नू

Thankot Times

थानकोट । 

गृह मन्त्रालयले निजी गाडीले भाडा लिएर यात्रु बोके कारबाही गर्न भन्दै पत्राचार गरेको छ। 

बुधबार ७७ वटै जिल्लामा आवश्यक कारबाही गर्नु भन्दै पत्राचार गरेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव जितेन्द्र बस्नेतले जानकारी दिए।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले मन्त्रालय पुगेर एक ज्ञापनपत्र बुझाएको थियो। 

विशेषगरी लामो दूरीमा जाँदा निजी सवारी साधनहरूले भाडा लिएर चलाउने गरेको भन्दै व्यवसायीहरूले गुनासो गरेका थिए।
ज्ञापनपत्र बुझाएपछि मन्त्रालयले बुधबार पत्राचार गरेको हो। 

‘रातो प्लेटको सवारी साधनले भाडामा मान्छेहरू बोकिदिनु भएन भनेर पत्र बुझाउनुभएको थियो। कानुनले पनि एउटा प्रयोजनको लागि तोकिएको सवारी साधनले अर्को प्रयोजनको काम गर्न पाइँदैन,’ उनले भने, ‘त्यही विषयलाई आवश्यक कारबाही गर्नु भनेर भनिएको हो।’

यसमा राइड सेयरिङ एपहरूको विषयमा भने यो लागू नहुने पनि उनले बताए।

‘दुई पांग्रे सवारी साधनको कुरा होइन। लामो दूरीमा चल्ने जिप खालका सवारी साधनलाई केन्द्रित हो,’ उनले भने। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ