आजको माैसम पूर्वानुमानः मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

Thankot Times

थानकोट । 

देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ ।

चट्याङसहित वर्षाको सम्भावना रहेकाले सतर्क रहन पनि आग्रह गरिएको छ । 

देशका पहाडी भू-भागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी पहाडी भू-भागलगायत सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । विभागले अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । 

कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोसी प्रदेशको  पहाडी भू-भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *