धोबीघाटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
थानकोट ।
ललितपुर महानगरपालिका-३, धोबीघाट ओरालोमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
एक पुरुषको मृत्यु भएको हो । उनको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
बुधबार साँझ प्रदेश नम्बर १-०३-००१ प १६६३ नम्बरको मोटरसाइकलको ठक्करबाट उनको मृत्यु भएको हो ।
मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा छन् ।












