वैशाख १ गते राष्ट्रपतिबाट विभूषित हुनेलाई प्रवेश पत्र लिन बोलायो गृहले

Thankot Times

थानकोट ।

राष्ट्रपतिबाट विभूषण पाउनेहरूले शितल निवास आउजाउ गर्न गृह मन्त्रालयबाट प्रवेश पत्र लिनुपर्ने भएको छ।

गृहमा आजदेखि चैत २९ गतेसम्म परिचय खुल्ने प्रमाण पत्र देखाएर शितल निवास प्रवेश गर्ने पत्र लिन गृहले आग्रह गरेको छ।

आगामी वैशाख १ गते राष्ट्रपति निवासमा विभूषण वितरणका लागि समारोह हुँदैछ।

गत असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषणमध्ये नेपाल रत्न, राष्ट्र गौरब, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनासेवाश्री प्राप्त गर्नेलाई शितल निवास महाराजगञ्जमा वैशाख १ गते विभूषण प्रदान गर्ने कार्यक्रम छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *