मापसे गरी सार्वजनिक सवारी साधन चलाउने दुई चालकमाथि मुद्दा

Thankot Times

थानकोट । 

मदिरा पिएर सार्वजनिक सवारी साधन चलाउँदै गर्दा काठमाडौँको बानियाँटार र जरङखुबाट पक्राउ परेका चालकलाई आइतबार मुद्दा चलाइएको छ ।

काठमाडौँको जरङखुबाट शुक्रबार पक्राउ परेका बा २१ च ३९ ७६ नम्बरको एम्बुलेन्स चालक धादिङको सिद्धलेख गाउँपालिका ३ घर भई हाल काठमाडौँको तारकेश्वर बस्ने ३९ वर्षीय सोम श्रेष्ठलाई ५ दिन म्याद थप गरी प्रहरी वृत्त बालाजुबाट अनुसन्धान सुरु भएको छ । 

त्यस्तै, काठमाडौँको बानियाँटारबाट शनिबार पक्राउ परेका बा २ ज २७ २६ नम्बरको ट्याक्सी चालक काभ्रेपलाञ्चोक घर भई हाल काठमाडौँको चौमती बस्ने २८ वर्षीय मेक मान तामाङमाथि पनि ५ दिन म्याद थप गरी प्रहरी वृत्त महाराजगन्जबाट आवश्यक अनुसन्धान सुरु भएको  छ । 

मादक पदार्थ सेवन गरी एम्बुलेन्स तथा भाडाका सवारी साधन चलाउनु आफैमा निन्दनीय कार्य रहेको र यसले गर्दा आफू मात्र नभई यात्रुको ज्यान समेत जोखिममा पर्ने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ