खर्च विवरण नबुझाउने ७४ उम्मेदवारलाई आयोगको सोध्यो स्पष्टीकरण (सूचीसहित)

Thankot Times

थानकोट ।

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा खर्चको विवरण नबुझाउने ७४ जना उम्मेदवारलाई स्पष्टिकरण सोधेको छ ।

आयोगले निर्वाचनमा उम्मेदवार भई ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस नगर्ने ७४ जनालाई सात दिनभित्र सफाइसहितको स्पष्टीकरण पेस गर्न भनेको हो ।

निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण राजनीतिक दल, उमेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालयसमक्ष पेस गर्नु पर्ने कानुनी प्रावधान रहेको छ ।

तोकिएको समयावधि भित्र र तोकिएको समय सकिएपछि पनि निर्वाचन खर्चको विवरण नबुझाउने उमेदवारको नामसमेत आयोगले सार्वजनिक गरेको छ । निर्वाचन खर्च विवरण पेस नगर्नेमा धेरै स्वतन्त्र उमेदवार रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ