मध्यपूर्वका धेरै देशमा आज इद मनाइँदै, नेपालमा कहिले ?

Thankot Times

थानकोट ।

साउदी अरबमा आज शुक्रबार इद मनाइने भएको छ। हिजो बिहिबार चाँद देखिएकाले आज साउदीमा इद मनाइने साउदीको चाँद हेर्नका लागि गठन एक समितिले जनाएको अरब न्युजले जनाएको छ।

यससंगै साउदीमा शुक्रबार बिहान सुर्यदय पश्चात इदको नमाज पढिने पक्का भएको छ।

त्यस्तै दुबईमा पनि शुक्रबार नै इद मनाइने भएको छ। युएईको चन्द्रमा हेर्ने समितिले हिजो बिहिबार चन्द्रमा देखिएको पुष्टि गरेपछि त्यहाँको सरकारले शुक्रबार इद मनाइने घोषणा गरेको हो।  त्यस्तै कतारमा पनि शुक्रबार नै इद मनाइने भएको छ। कतारको चन्द्रमा हेर्ने समितिले हिजो बिहिबार चन्द्रमा देखिएको पुष्टि गर्दै कतारमा शुक्रबार इदको नमाज पढिने जनाएको छ।

साउदी, दुवई र कतारमा शुक्रबार नै इद मनाइने भएपनि ओमानमा भने शनिबार मात्रै इद मनाइने भएको छ।

त्यस्तै पाकिस्तानमा हिजो चाँद नदेखिएकाले शनिबार मात्रै त्यहाँ इद मनाइने भएको छ। शनिबार इद मनाइने अरु देशहरुमा ब्रुनाई, जापान, फिलिपिन्स, थाईल्याण्ड, इन्डोनेसिया, सिंगापुर रहेका छन्।

शुक्रबार साउदी, दुवई र कतारमा इद मनाइने भएसँगै नेपालमा शनिबार इदको सम्भावाना प्रवल रहेको छ। यद्दपि आज शुक्रबार बेलुका चाँद देखिने नदेखिने बिषयले शनिबार इद हुने नहुने निर्धारण गर्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ