श्रीमानले ब्युटिपार्लर जान नदिँदा ३४ वर्षीया महिलाले आत्महत्या गरिन
भारतमा गत बिहीबार एक महिलाले ब्युटिपार्लर जान नपाएको झोँकमा आत्महत्या गरेकी छिन् ।
मध्यप्रदेशको इन्दोरकी ३४ वर्षीया एक महिलाले आत्महत्या गरेकी हुन् ।
आफूलाई श्रीमान्ले ब्युटिपार्लर जाने अनुमति नदिएपछि उनले आत्महत्या गरेकाे प्रहरीले जनाएको छ ।
१५ वर्षअघि बलराम यादवसँग विवाह गरेकी रीनालाई बलरामले ब्युटिपार्लर नजानू भनेका थिए ।
रीनाले ब्युटिपार्लर जान अनुमति माग्दा बलरामले त्यसलाई अस्वीकार गरेका अनुसन्धान अधिकृत उमाशङ्कर यादवले बताएका छन् ।
बिहीबार साँझ कामबाट घर फर्केका बलरामले रीनालाई कोठामा झुन्डिएको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।












