घाँटीमा मासु अड्किएर एक जनाको ज्यान गयो

Thankot Times

थानकोट ।

डोटीको दिपायल सिलगढी नगरपालिका–५ का पदम नेपालीको घाँटीमा मासु अड्किएर ज्यान गएको छ ।

घरमै मासु खाइरहेका ५० वर्षका नेपालीको घाँटीमा चोक्टा अड्किएपछि उपचारका लागि जिल्ला अस्पताल लैजादैँ गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । उपचारका लागि जिल्ला अस्पताल डोटी पुर्‍याइएका नेपालीलाई अस्पतालले हिजो मृत घोषणा गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *