ध्यान गर्न नेपाल आए बलिउड स्टार अमिर खान
थानकोट ।
भारतका चर्चित अभिनेता आमिर खान नेपाल आएका छन् ।
भिस्तारा एयरलाइन्सको यूके १५१ विमानबाट ५८ वर्षे खान आइतबार बिहान १०ः०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् । उनलाई पूर्वराज्यमन्त्री एवं उद्योगी रूप ज्याेतिलगायतले विमानस्थलमा स्वागत गरे ।
एयरपोर्टबाट खान सिधै बूढानीलकण्ठतिर लागेका छन् । त्यहाँस्थित विपश्यना केन्द्रमा उनले १० दिन ध्यान गर्ने बताइएको छ ।














