आइतबार साँझको हावाहुरीका कारण मातातीर्थमा एक महिलाको मृत्यु

थानकोट । 

आइतबार साँझको हावाहुरीमा परी चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थमा एक महिलाको मृत्यु भएको छ । 

साँझ करिब ८ बजे मातातीर्थ कुण्डनजिक रूखको हाँगा खसेर लाग्दा चन्द्रागिरि नगरपालिका-०८ मातातीर्थ निवासी ४२ वर्षीय महिलाको मृत्यु भएको प्रहरी वृत्त थानकोटले जनाएको छ। 

प्रहरी प्रभाग मातातीर्थका अनुसार स्थानीय ४२ वर्षीय निराकुमारी श्रेष्ठ सडकमा हिँडिरहेको अवस्थामा रूखको हाँगा खसेर घाइते भएकी  थिइन् ।

उनको तत्कालै उद्दार गरी अस्पताल पुर्याइएकोमा उपचारका क्रममा सानेपामा रहेको स्टार अस्पतालमा राति १०ः३० बजे निधन भएको प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले थानकोट टाइम्सलाई जानकारी दिनुभयो । 


One thought on “आइतबार साँझको हावाहुरीका कारण मातातीर्थमा एक महिलाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *