काँधमा मोटरकार बोकेर काठमाडाैं ल्याइने गोरेटोलाई पदमार्गमा रूपान्तरण गर्दै चन्द्रागिरि नगर

थानकोट ।
२०१३ सालसम्म काँधमा मोटरकार बोकाएर राजधानी भित्र्याइने नाका चन्द्रागिरि भञ्जाङसम्म चन्द्रागिरि नगरपालिकाले पदमार्ग बनाइरहेको छ ।
शासकहरूले त्रिभुवन राजपथ निर्माण हुनुअघि भीमफेदी-चित्लाङ-चन्द्रागिरि भन्ज्याङ हुँदै थानकोट गोदामसम्म श्रमिकहरूको काँधमा कार बोकाएर ल्याउने गर्दथे । 
थानकोट-चन्द्रागिरि भन्ज्याङ पदमार्ग नामाकरण गरी निर्माण कार्य सुरू गरिएको करिब ३ किलोमिटर लामो सो पदमार्ग चन्द्रागिरि नगरपालिका-४ थानकोट पानीघाटबाट सुरू हुँदै चन्द्रागिरि भन्ज्याङसम्म पुग्नेछ।
यसरी ल्याइन्थ्यो काँधमा कारः
सो पदमार्गमा सिँढी, विश्रामस्थल, साना पुल, छेकबार लगायतका संरचना निर्माण भइरहेको छ । पदमार्गमा सूचना पाटी लगायत अन्य आवश्यक पूर्वाधारको निर्माणको कार्य बाँकी रहेकोले सो निर्माण प्राथमिकतामा राखिएको नगर प्रमुख घनश्याम गिरीले बताउनुभयो । 
चन्द्रागिरि नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनमा सो पदमार्ग कोसेढुङ्गा साबित हुने कुरा बताउनुहुँदै नगरप्रमुख गिरीले नगरका अन्य केहि स्थानमा पनि पदमार्ग र साइकल ट्रेलको निर्माण हुने जानकारी दिनुभयो । 
खुल्ला टेण्डरमार्फत निर्माण कार्य जारी रहेको छ सो पदमार्ग निर्माणका लागि करिब २ करोड रूपैयाँ बजेट विनियोजन भएको छ ।
नगरपालिकाले प्रत्येक वर्ष योजना माग गरेर प्राप्त गर्ने नगरपालिका- प्रदेश समपुरक बजेटबाट उक्त निर्माण कार्य भएको हो जसअन्तर्गत नगरपालिका र बागमती प्रदेश सरकारको ५०/५० प्रतिशत लागत सहभागिता रहेको छ।
तस्बिरः प्रकाश गोपाली

One thought on “काँधमा मोटरकार बोकेर काठमाडाैं ल्याइने गोरेटोलाई पदमार्गमा रूपान्तरण गर्दै चन्द्रागिरि नगर

  1. अत्यन्तै राम्रो सर्हानिय कार्य । याे ऐतिहासिक मार्गलाई अझ ब्यबस्थित गरेर पर्यटकीय गन्तब्य काे रूपमा बिकास गर्दै लानु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *