भोलि सार्वजनिक बिदा

Thankot Times

थानकोट ।

नेपालमा भोलि (जेठ १५ गते सोमबार) सार्वजनिक बिदा हुने भएको छ ।

सोमबार गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा हुने भएको हो । हरेक वर्ष सरकारले गणतन्त्र दिवसको दिन सार्वजनिक बिदा दिँदै आएको छ ।

२०६२/६३ को जनआन्दोलन सफल भएपछि गठित संसदको ०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपाललाई औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको थियो ।

राजसंस्था अन्त्य गर्दै गणतन्त्र घोषणा गरिएको उक्त दिनको सम्झनामा हरेक जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा त्यस यता मनाइँदै आएको छ।

 शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *