चन्द्रागिरिका ‘नयन’ को नक्कली कागजातका आधारमा नागरिकता बनाउन वडाध्यक्ष नै संलग्न

Thankot Times

थानकोट ।

किर्ते कागजातका आधारमा नागरिकता बनाउन प्रशासनसमक्ष सिफारिस गर्ने धन्दामा वडाध्यक्ष नै संलग्न रहेको खुलेको छ ।

अदालतमा पेस भएको अभियोग पत्रअनुसार केसीले नक्कली कागजातका आधारमा मोरङ मिक्लाजुङ गाउँपालिका-२ का ३३ वर्षीय नयन नेपाल भनिने विनोदराज शिवालाई नागरिकता बनाउन काठमाडाैं महानगर वडा नं. १० का वडाध्यक्षले सिफारिस गरेका थिए।

सोही सिफारिसका आधारमा उनले २५ साउन ०७९ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २७–०१–७९–०७२५४ नं. को नागरिकता लिएका थिए । 

जारी भएको नयाँ नागरिकताअनुसार विनोदराज शिवाको जन्मस्थान चन्द्रागिरि नगरपालिका– १९ खड्का गाउँ देखाइएको छ । नाम नयन नेपाल बनाइएको छ । ५३ वर्षीय गोविन्द नेपाललाई बुबाका रूपमा खडा गरिएको छ । चन्द्रागिरि नगरपालिकाबाट काठमाडौं महानगरमा बसाइँसराइ गरेर देखाएर नागरिकता बनाइएको छ, नयाँ पत्रिकामा खबर छ  । सोही नागरिकता प्रयोग गरी उनले प्रभु बैंकमा खाता खोल्ने मात्र नभई दोस्रो विवाह दर्ता नै गराएका छन् । नागरिकता प्राप्त गर्न उनले जन्मदर्ता, बसाइँसराइको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रसमेत नक्कली बनाएका थिए । सोही कागजातका आधारमा काठमाडौं– १० का वडाध्यक्ष केसीले नागरिकता बनाउन २४ साउन ०७९ मा सिफारिस गरेका थिए । सिफारिस लिएको भोलिपल्ट उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नयाँ नागरिकता लिएका थिए । 

अदालतका अनुसार उनले नक्कली कागजातका आधारमा दोस्रो नागरिकता लिन तीन लाख रुपैयाँ खर्च गरेका थिए । रकम पर्शुराम भनिने व्यक्तिलाई दिएका थिए । उनको पर्शुरामसँग २३ साउन ०७९ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भेट भएको थियो । तीन लाख रुपैयाँमा नक्कली नागरिकता बनाउने आश्वासन उनले पर्शुरामबाटै पाएका थिए । बुबा खोज्ने जिम्मा भने उनकै थियो । सोही क्रममा उनले चन्द्रागिरि नगरपालिका– १९ का गोविन्द नेपाललाई बुबा बनिदिन भनेका थिए । 

सहजै मानेपछि उनले गोविन्दलाई लिएर काठमाडौं महानगरपालिका- १० कार्यालय पुगेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *