थानकोटको जंगलमा निला टि-सर्ट लगाउनेहरूको ताँती, फोटो फिचर

थानकोट । 

चन्द्रागिरि हाइकर कम्युनीटीको संयोजनमा आयोजना शनिबार चन्द्रागिरि नगरपालिका ०४ थानकोटमा बृहत पैदल यात्रा सम्पन्न भएको छ। 

स्थानीय पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरू भएको बृहत पैदलयात्रा गोदाम-पानीघाट-मयल चाैतारा-चन्द्रागिरि भञ्ज्याङ-भालेश्वर मन्दिर हुँदै महालक्ष्मी चाैरमा समापन भएको थियो । 

यस अघि बिहान ५ बजे चन्द्रागिरि ४ थानकोटस्थित साझाघरबाट सुरू भएको पैदल यात्रामा ६ सय भन्दा धेरै महिला तथा पुरूषहरूले सहभागिता जनाएको चन्द्रागिरि हाइकर कम्युनीटीका प्रतिनिधिले जानकारी दिए । 

पैदल यात्रामा चन्द्रागिरि नगरका उपमेयर बसन्ती श्रेष्ठ, प्रवक्ता कृष्णप्रसाद खड्गी, वडाध्यक्ष घनश्याम लुँइटेल लगायत अन्य जनप्रनिधिहरूको समेम उपस्थिति रहेको थियो । 

कार्यक्रमलाई परिश्रमी साकाेस, चुनदेवी खानेपानी समिति, थानकोट खानेपानी समिति, थानकोट जेसिस, चन्द्रागिरि साकोस, चन्द्रागिरि नगर प्राथमिक अस्पताल लगायतका संघसंस्थाले पनि सहयोग गरेको आयाेजक संस्थाले जनाएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *